२२ भाद्र २०८१, शनिबार September 7, 2024

पवेरामा स्तनपान कक्ष संचालन

१९ मंसिर २०८०, मंगलवार
पवेरामा स्तनपान कक्ष संचालन

हसुलिया, १९ अगहन । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ५ मा स्तनपान कक्ष संचालन भएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरीले एक कार्यक्रमका बिच प्रारम्भिक बाल सिकाई र स्तनपान कक्षको उदघाटन् गरेकी थिइन् ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राही महिलालाई सहज हुने बताइन् । उनले भनिन्, स-साना बच्चा लिएर सेवा लिन आउनु पर्ने महिलाहरुको बाध्यता रहेको हुन्छ । स्तनपान कक्ष स्थापना भए पछि अब आफ्ना नानीबाबुलाई स्तनपान गराउन सहज हुने भएको छ ।’


यस अघि गाउँपालिकाको वडा नम्बर २ र ४ मा स्तनपान कक्ष स्थापना भइसकेको छ ।
यसै बिच २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा वडा नम्बर ५ का सबै महिला स्वास्थ्य स्वयंसेविकालाइ सम्मान गरिएको छ । सम्मान स्वरुप उनीहरुलाई थरमस र हटकेस वितरण गरिएको छ ।


वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरी, वडा सदस्य अनारकली चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन कुसुम चौधरी र स्वागत मन्तव्य महिला स्वास्थ्य सेविका सुशिला चौधरीले गरेकी थिइन् । कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, सेतो गुराँस राष्ट्रिय बाल विकास कैलारी गाउँपालिका सहजकर्ता सुरज परियार लगायतको सहभागिता रहेको थियो ।