२६ कार्तिक २०८१, सोमबार November 11, 2024

लिटल फ्लावर प्रिमियर लिग : घोडाघोडी र शुक्लाफाँटा विजयी

१९ मंसिर २०८०, मंगलवार
लिटल फ्लावर प्रिमियर लिग : घोडाघोडी र शुक्लाफाँटा विजयी

धनगढी, १९ मंसिर । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा मङ्गलबार घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन विजयी भएका छन्।

समूह ‘सी’ अन्तर्गतको खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपश्चिमान्चल एकेडेमीलाई चार विकेटले हरायो । प्रतियोगितामा सुदूरपश्चिमान्चलको यो दोस्रो हार हो। सुदूरपश्चिमले दिएको १११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम एकेडेमीले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ११० रन बनाएको थियो ।

यस्तै समूह ‘ए’ को अर्को खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ११२ रनले हरायो । शुक्लाफाँटाले दिएको १७७ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १५.१ ओभरमा ६४ रनमा समेटिएको थियो ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको शुक्लाफाँटाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।