७ बैशाख २०८१, शुक्रबार April 19, 2024

निसर्ग फिजियोथेरापी सञ्चालन

२३ मंसिर २०७९, शुक्रबार
निसर्ग फिजियोथेरापी सञ्चालन

धनगढी । धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले फिजियोथेरापी सञ्चालनमा ल्याएको छ ।
अस्पतालले निसर्ग फिजियोथेरापी (फिजियो डिपार्टमेन्ट) सञ्चालनमा ल्याएको हो । शुक्रबार अस्पतालका अध्यक्ष तीर्थराज पन्तले फिजियोथेरापी डिपार्टमेन्टको उद्घाटन गरेका हुन् ।
अध्यक्ष पन्तले अस्तापलबाट सबै सेवा सुविधा राम्रो दिँदै आएको बताए । उनले अस्तालले विभिन्न सेवा सुविधा थप्दै आएको र फिजियोथेरापी सेवा पनि थपेको बताए । उनले फिजियोथेरापी सेवा पनि राम्रो दिने बताए ।


उनले भने,–‘अस्पतालबाट सुरुवात देखि नै हामीले विरामीलाई राम्रो सेवा सुविधा दिँदै आएका छौ । मलाई लाग्छ फिजियोथेरापी डिपार्टमेन्टमा पनि राम्रो सुविधा सहित थेरापीका सबै इक्यूपमेन्ट रहेकोले हामी राम्रो सेवा सुविधा दिनेछौँ ।’
अध्यक्ष पन्तले प्राइभेट हस्पितल तर्फ सुदूरपश्चिममै थेरापीका सम्पूर्ण इक्यूपमेन्ट सहित निसर्गले सेवा विस्तार गरेको बताए । अस्पतालले थेरापी सेवा सञ्चालनमा ल्याए संगै यहाँका विरामी अब अन्यत्र जान पनि नपर्ने उनले विश्वास व्यक्त गरे ।
फेजियोथेरापिस्ट डा. नविन ढुंगाना धनगढीमा पहिलो पटक फिजियोथेरापी सेवा तर्फ सम्पूर्ण सेवा सुविधा दिएको बताए । डा. ढुंगानाले आर्थोपेडिक समस्या हाडजोर्नी दुख्ने, नसा च्यापिएको, न्यूरोलोजिकल समस्या, प्यारालाइसिस लगायतका समस्या रहेका विरामीलाई सेवा दिने गरेको बताए ।


फिजियोथेरापी भनेको भौतिक चिकित्सा शास्त्र हो । जसमा औषधीको प्रयोग नगरी व्यायाम र केही विद्युतीय प्रविधिहरुको प्रयोगद्वारा उपचार गरिन्छ ।
निसर्ग फिजियोथेरापीले हाडजोर्नी तथा नशा रोग उपचार (गर्दन, ढाड, घुँडा,कुर्कुचो, कुइना आदि), न्युरोलोजिकल समस्या (पक्षघाट, आरटीए वा प्यारालाइसिस, मुख बांगिने), बालरोग उपचार (अर्टिजम, डाउनसिन्ड्रम, सिपी, किड, मांसेपेशीको कमजोरी), स्पोट्स इन्जुरी (सर्जरी भइसकेपछि आवश्यक पर्ने फिजियोथेरापी सेवा, लिगामेन्ट इन्जुरीको रिहाब्लीटेसन), प्रिडनेसी ओविसीटी लगायत सेवा दिने जनाएको छ ।
साथै निसर्गले आइसीयू, एनआइसीयू, भेन्टीलेटरमा भएका विरामी र पोष्टअप सर्जरी भएका विरामीका लागि पनि फिजियोथेरापी सेवा दिने जनाएको छ ।