धनगढी, १४ मंसिर । हिमालयन गौरीशंकर डेण्टल क्लिनिकले हसुलियामा निःशुल्क डेण्टल शिविर सञ्चालन गर्ने भएको छ ।
डेण्टल क्लिनिकले यहि मंसिर १६ गते शुक्रबारको दिन आफ्नो १३औं वार्षिकोत्सव तथा कैलारी गाउँपालिका–१, हसुलिया बजारमा शाखा विस्तारको क्रममा निःशुल्क डेण्टल शिविर आयोजना हुने डेण्टलका प्रवन्ध निर्देशक रत्न एसकेले जानकारी दिए । डेण्डल शिविरमा विडिएस गरेका दन्त चिकित्सकद्वारा निःशुल्क चेकजाँच तथा औषधी उपचार समेत हुने प्रवन्ध निर्देशक एसकेले बताए ।
यता १२ वर्षदेखि धनगढीमा सेवा दिँदै आइरहेको डेण्टल क्लिनिकले थप सेवा विस्तार गरेको छ । धनगढीको अस्पताल लाइनबाट सेवा दिँदै आइरहेको क्लिनिक अहिले पुरानो कैलाली अस्पतालको पछाडिबाट सेवा सुरु सुचारु गरेको छ । धनगढीको मुख्य सडक कैलाली नाला देखि क्याम्पस चोक सम्म फराकिलो बनाउने अभियानले गर्दा क्लिनिकले ठाउँ सार्नु परेको प्रवन्ध निर्देशक एसकेले बताए ।
यस अघि सामान्य दाँतको मात्र उपचार गर्दै आएको क्लिनिकले अव अप्रेसन सहितको सेवा सुरु गरेको उनले बताए । ‘सुरुवातका दिनबाट सानो ठाउँबाट सुरु गरिएको डेण्टल क्लिनिकलाई अहिलेको दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रूपमा विकास गरेका छौँ’, उनले भने, ‘दन्त उपचारका अव धनगढीमा भौँतारिनु पर्दैन ।’
क्लिनिकले विडिएस गरेका दन्त चिकित्सक विडीएस डा. सुवन कार्की, एमडीएस डा. मनोज खड्का, एमडिएस डा. विजय कार्की, विडीएस डा. सुस्मिता महरा सहित १४ जना अन्य स्वास्थ्यकर्मीहरूको सहयोगले दन्त सेवा दिइरहेको उनले बताए ।
क्लिनिकमा दाँतको छुट्टै एक्सरेको सुविधा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, गिजाभित्र रहेको बुद्धिबंगारा निकाल्ने र गिजाको अप्रेसन गर्ने गरेको छ । थप अनुहारमा लागेका चोटपटकका साथै हड्डी भाँचिएको उपचार मुखभित्र आउने घाउ खटिरा सिष्ट ट्युमर आदीको उपचार भइरहेको प्रवन्ध निर्देशक एसकेले बताए ।