८ बैशाख २०८१, शनिबार April 20, 2024

बर्दिया क्षेत्र नम्बर २ बाट लालवीर चौधरी विजयी

७ मंसिर २०७९, बुधबार
बर्दिया क्षेत्र नम्बर २ बाट लालवीर चौधरी विजयी

बर्दिया । बर्दिया क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र (चापकल नल्का) बाट लालवीर चौधरी विजयी भएका छन् । गठबन्धनबाट माओवादीका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै स्वतन्त्र उम्मेदजार चौधरी विजयी भएका हुन् ।
स्वतन्त्रबाट चुनाव चिन्ह (चापाकल नल्का) का लालवीर चौधरीले २६ हजार ५ सय २० मत प्राप्त गरेका भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका सुरेश पन्थले २६ हजार ३ सय ८४ मत पाएका छन् ।
त्यसै गरी नेकपा एमालेका पंकजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गरेका छन् भने राप्रपाका विनय रावलले १३ हजार २ सय ९२ मत प्राप्त गरेका छन् ।
विजयी चौधरी रेशम चौधरीका बुवा हुन् । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका चौधरीलाई सहयोग गरेको हो ।
जेल जीवन बिताइरहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार दिए पनि उम्मेदवारी खारेज हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आफ्नै बुवा लालवीर चौधरीलाई स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराइएको थियो ।
रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टी (ढकिया) ले स्वतन्त्रका उम्मेदवार चौधरीको चिन्ह (चापाकल नल्का) लाई समर्थन गरेको थियो ।
बर्दिया क्षेत्र नम्बर २ मा १ लाख ५२ हजार ६२ मतदाता रहेकोमा ९२ हजार ४ सय १९ मत खसेको थियो ।