२० मंसिर २०८१, बिहीबार December 5, 2024

निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्वपूर्ण

१५ कार्तिक २०७९, मंगलवार
निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्वपूर्ण

कैलाली । अगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित बनाउन सबैको भूमिका तथा जिम्मेवारी महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
अगामी मंसीर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित बनाउन धनगढीमा मंगलबार भएको सरोकारवालाको भूमिका र प्रतिवद्धता विषयक अन्तरसंवाद कार्यक्रमका सहभागीहरुले निर्वाचन सफल बनाउन सबैको आआफ्नो भूमिका तथा पाएको जिम्मेवारी महत्वपूर्ण हुर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष हिमाल जोशीले चुनावलाई निष्पक्ष एवं मर्यादित बनाउन आफूले पाएको जिम्मेवारी राम्रोसंग बहन गर्नु पर्ने बताए । ‘आफ्नो जिम्मेवारी राम्रोसंग बहन गरे आचारसंहिता पनि उलंघन नहुने र चुनाव पनि स्वच्छ, निष्पक्ष एवं मर्यादित तरिकाले सम्पन्न हुन्छ’, उनले भने ।
नेकपा एमालेका रण बहादुर चन्दले निर्वानका बेला हुने आचारसंहिता उलंघनका घटनाहरुको अनुगमन आयोग आफैले गर्नुपर्ने औंल्याउँदै उनले तत्काल कारर्वाही पनि गर्नुपर्ने बताए । यसका साथै उनले मिडिया तथा संचारमाध्यमलाई पनि सबै उम्मेदवारलाई प्राथामिकता दिनु पर्ने सुझाएका थिए ।
नेपाल लोकतान्त्रिक पार्टीका कैलाली जिल्ला अध्यक्ष माधव चौधरीले तडक भडक हुने निर्वाचन निर्वाचन आयोगको आचारसंहिताले स्वच्छ, निष्पक्ष एवं शान्त बातावरणमा हुने गरेको र उम्मेदवारहरुको निर्वाचन खर्च पनि घटाएकोले त्यस्तो कुरा सकरात्क रहेको बताए । साथै उनले उम्मेदवारको विरुद्ध सामाजिक सञ्जालमा आउने नराम्रा स्टाटस तथा अभिव्यक्तिहरुलाई निर्वाचन आयोग तथा सम्बन्धित पक्षलाई नियमन गर्न आग्रह गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत ओमप्रसाद आर्यालले निर्वाचनमा जुनसुकै कुरा पारदर्शिता हुनु पर्ने बताउँदै उनले आचारसंहिताको सबैले पूर्ण पालना गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्वाचनको समयमा आचारसंहिता उलंघन गर्ने जुनसुकै व्यक्तिलाई तत्काल अनुगमन गरि कारर्वाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा इन्सेकका क्षेत्रिय संयोजक खडकराज जोशीले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै सरोकारवाला निकाय सबैलाई ध्यानाकार्षण गराएका थिए । कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयका प्रमुख हरि ज्ञवालीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय धनगढी, प्रदेश निर्वाचन कार्यालय कैलाली र इन्सेकको संयुक्त आयोजना तथा डीसिएको सहयोगमा भएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनधी, संघसंस्थाका प्रतिनीधी, पत्रकार लागायतको सहभागिता रहेको थियो ।