सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा ‘प्रथम नेपाल आईस घोडाघोडी कप २०७८’ हुने भएको छ ।
घोडाघोडी स्र्पोट क्लबको आयोजनामा प्रथम नेपाल आइस घोडाघोडी कप हुने भएको हो । क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दे आयोजना गर्ने बारेमा जानकारी दिएको छ । ‘राष्ट्रको लागी खेलकुद,स्वास्थ्यको लागी खेलकुद’भन्ने मूल नाराका साथ यही मंसिर १५ गते देखी २२ गते सम्म घोडाघोडी कप २०७८ प्रतियोगिता हुने बताइएको छ ।
सुस्वास्थ्य र तन्दुरुस्तीका लागी सबै उमेर समूहका व्यक्तिलाई खेलकुदमा व्यापक सहभागिताका निमित्त उत्प्रेरित गराउने उद्देश्य सहित कप सञ्चालन गर्ने लागिएको घोडाघोडी स्र्पोट क्लब प्रचारप्रसार संयोजक नीरज चौधरीले जानकारी दिए । प्रतियोगिता गर्दा आउने चुनौतीहरूलाई अध्ययन गर्दे सो चुनौतीलाई पछ्याउँदै प्रतियोगिता सफल बनाउन आफूहरू सक्षम हुने कुरामा विश्वस्त भएको उनले बताए । फुटबल प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्ने क्लबले जनाएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका भरीका गरी ३० टिमको सहभागिता हुने अपेक्षा लिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र, र द्धितिय हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूले पनि धनराशिको पुरस्कार प्राप्त गर्ने भएका छन् । प्रतियोगिता लिक कम नकआउट प्रणालीका आधारमा घोडाघोडी नगरपालिका ३ जुरपानी खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ ।