१९ फाल्गुन २०८०, शनिबार March 2, 2024

अत्तरियामा ‘एभरेष्ट फुटबल टुर्नामेन्ट’ हुने

६ मंसिर २०७८, सोमबार
अत्तरियामा ‘एभरेष्ट फुटबल टुर्नामेन्ट’ हुने

अत्तरिया । कैलालीको अत्तरियामा ‘एभरेष्ट फुटबल टुर्नामेन्ट २०७८’ हुने भएको छ ।
अत्तरियामा रहेको एभरेष्ट एकेडमी, गोदावरी प्याब्सन र न्यु मालिका युवा क्लवको आयोजनामा यही मंसीर २६ देखि पौष २ गते सम्म आधारभूत तह विद्यालयल स्तरिय फुटबल टुर्नामेन्ट (प्रतियोगिता) हुन लागेको हो । सोमबार अत्तरियामा पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएको छ । खेल संयोजक धर्मराज भट्टले स्वास्थ युवा तथा अनुशासित र व्यवसायिक खेलाडी विकास गर्न टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगितामा कैलाली र कञ्चनपुरका निजी विद्यालयका टिमको सहभागिता रहने जनाइएको छ । खेल संयोजक भट्टले प्रतियोगितामा सहभागि हुनका लागि खेलाडीको उमेरहद १४ बर्ष तोकिएको बताए ।
प्रतियोगिता विजेता टिमलाई १५ हजार तथा उपविजेतालाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितमा प्रत्येक खेलको म्यान अफ दि म्याच बराबर १ हजार र बेष्ट प्लेयरलाई ३ हजार दिने जनाइएको छ ।