१० बैशाख २०८१, सोमबार April 22, 2024

चरा पर्यटनको रूपमा विकास गर्न घोडाघोडीमा चरा फोटोग्राफी प्रतियोगिता हुने

१ मंसिर २०७८, बुधबार
चरा पर्यटनको रूपमा विकास गर्न घोडाघोडीमा चरा फोटोग्राफी प्रतियोगिता हुने

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा चरा फोटोग्राफी प्रतियोगिताको आयोजना हुने भएको छ । बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनमा यहि मंसीर १६ र १७ गते प्रतियोगिता आयोजना हुने जनाइएको छ ।
जैविक विविधता सँगै चराहरूको महत्त्वपूर्ण वासस्थानका रूपमा रहेको घोडाघोडी ताल क्षेत्रलाई चरा पर्यटनका रूपमा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको बोर्डका उपाध्यक्ष दयाराम चौधरीले बताए । चरा सँगै यस क्षेत्रको थप प्रचार प्रसार र पर्यटन विकासका लागी देशभरिबाट फोटोग्राफरहरूलाई आमन्त्रित गरिने छ । उनले भने,… “हालसम्म यस क्षेत्रमा हुन नसकेको काम पहिलो पटक हामीले गर्दै छौ । यसले घोडाघोडीको पर्यटन विकासमा टेवा पुग्ने विश्वास पनि गरेका छौँ ।”
फोटोग्राफरले घोडाघोडी ताल क्षेत्रभित्र मात्र फोटो खिच्न पाइने बोर्डले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्धितिय पुरस्कार २० हजार र तृतीय पुरस्कार १० हजार रहेको छ ।