१० चैत्र २०८१, सोमबार March 24, 2025

हसुलियामा निःशुल्क आँखा परीक्षण शिविर

२७ कार्तिक २०७८, शनिबार
हसुलियामा निःशुल्क आँखा परीक्षण शिविर

हसुलिया, २७ कार्तिक । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा शनिबार चार सय ५५ जनाको आँखाको परीक्षण गरिएको छ ।
कैलारी गाउँपालिकाको कार्यालय र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेर आँखा परीक्षण गरिएको हो । शिविरमा ३०८ जना महिला र १४७ जना पुरुषले आँखा परीक्षण गराएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।
परीक्षण गरिएकामध्ये ७२ जनालाई मोती बिन्दुको समस्या देखिएको छ । उनीहरुको मोती बिन्दुको अपरेशनका लागि गेटा आँखा अस्पतालमा रिफर गरिएको छ । यसैगरी, शिविरमा आँखा जाँच गराउन आएका ४० वर्षमाथिका २०० जनालाई निःशुल्क चस्मा प्रदान गरिएको छ । आँखा जाँच गराएकाहरुलाई औषधिसमेत दिइएको थियो । गेटा आँखा अस्पतालमा कार्यरत नेत्र अधिकृतहरुले आँखा परीक्षण गरेका थिए ।