२१ मंसिर २०७९, बुधबार December 7, 2022

नवनियुक्त प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

२६ कार्तिक २०७८, शुक्रबार
नवनियुक्त प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन् । २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।
सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो । सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो ।
यस्तै जोशी आज बिहान मात्रै पदभार ग्रहण गर्न काठमाडौंबाट धनगढी पुगेका थिए । प्रदेश प्रमुख भएपछि काठमाडौंबाट बुद्ध एयरको विमानबाट धनगढी विमानस्थल झरेसँगै भव्य स्वागत गरिएको थियो ।