१० चैत्र २०८१, सोमबार March 24, 2025

कानून संसोधन नभएसम्म टीकापुर राजबन्दी रिहा नहुने : पूर्व स्वास्थ्यमन्त्री चौधरी

२९ आश्विन २०७९, शनिबार
कानून संसोधन नभएसम्म टीकापुर राजबन्दी रिहा नहुने : पूर्व स्वास्थ्यमन्त्री चौधरी

कैलाली । पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले निर्वाचनपछि गठबन्धनको बहुमतको सरकार नबनेसम्म रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहा नहुने ठोकुवा गरेका छन् ।
शनिबार जोशीपुरमा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा उल्लेख गरेका हुन । ‘यो थारुको मात्रै होइन, ५/६ सय जनाको मुद्दासँग सम्बन्धित छ । टीकापुर मुद्दा, विप्लव समूहको मुद्दा, आदिवासी जनजातिहरुको मुद्दा जबसम्म कानून संशोधन हुँदैन, नियमावली संशोधन हुँदैन, संविधान संशोधन हुँदैन तबसम्म हाम्रा साथीहरुको मुद्दा फिर्ता हुँदैन । छुट्न सक्ने अवस्था छैन’, उनले भने ।
चौधरीले यसको लागि गणितीय हिसाबले जानुपर्ने बताएका छन । ‘एक तहको अदालतले फैसला गरेको मुद्दा मन्त्रिपरिषदबाट फिर्ता लिन नपाइने कानूनी अवस्था छ । फिर्ता लिनको लागि कानून संशोधन गर्नुपर्नेछ । कानून शंसोधनको लागि संसदमा दुई तिहाईको बहुमत चाहिन्छ । जबसम्म हालको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बहुमत ल्याउँदैन र पावरमा जाँदैन, तबसम्म बहुमतको सरकार बन्दैन । कानून संसोधन पनि हुँदैन ’ चौधरीले भने ।
आफू स्वास्थ्यमन्त्री हुँदा २०७२ भदौ ७ र ८ को घटना सम्बोधनको लागि सरकारमा गएको जिकिर गरेका छन । यसैबीच पूर्व मन्त्री चौधरीले हालको गठबन्धनलाई कुनै बेलाका एकअर्काका विरोधी पक्षको मिलनको रुपमा रहेको बताएका छन । उनले आफू लामो समयसम्म सरकारमा रहँदा कैलालीमा धेरै विकास गरेको दाबी गरेका छन् ।