धनगढी। धनगढीमा रहेको कैलाली हस्पीटल प्रा.लि ले धनगढी ईन्जिनियरिङ कलेज NAST (National Academy of Science & technology) लाई स्वास्थ्य सेवामा छुट दिने भएको छ।कैलाली हस्पीटलका अध्यक्ष जनकराज जोशी र नास्ट कलेजको तर्फबाट संस्थाका संचालक तथा प्रबन्ध निर्देशक शिवहरि मुडभरीले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
धनगढी ईन्जिनियरिङ कलेज NAST (National Academy of Science & technology) ले कैलाली हस्पीटललाई बिरामी उपचारको लागी पठाउँदा संस्थाको पत्र र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्ने बताईएको छ। साथेै सम्झौतामा सो संस्थामा अध्ययनरत सम्पूर्ण विद्यार्थी र विद्यार्थीका परिवारका सदस्य एवम् संस्थाका कर्मचारीहरु र परिवारलाई समेत समेटिने गरि गरिएको छ। सम्झौता २०७९ आश्विन २७ गतेबाट लागु भई दुई वर्षको अवधि रहनेछ। उक्त सम्झौता कार्यक्रममा NAST तर्फबाट शिक्षाविद डा.प्रेम बहादुर चन्द (प्राचार्य), रमेश खडका, र कैलाली हस्पिटलका प्रबन्धक खगेन्द्र जोशीको समेत उपस्थिति रहेको थियो।