२० मंसिर २०८१, बिहीबार December 5, 2024

सात समुद्रपारिबाट कैलाली पुगेका कर्याङकुरुङ (फोटो फिचर)

२७ आश्विन २०७९, बिहीबार
सात समुद्रपारिबाट कैलाली पुगेका कर्याङकुरुङ (फोटो फिचर)

अविनाश चौधरी
धनगढी।
जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्याङकुरुङ सारस चरा कैलालीमा देखिएका छन् ।
मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्याङकुरुङ बुधबार कैलारी गाउँपालिका–९ को सामरचौरा गाउँमा देखिएका हुन । सो गाउँ नजिक खेतमा बसेका थिए । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट यी चराहरु भारतको राजस्थान र गुजरातमा छ महिनासम्म बिताउने गरेको चराविद हिरुलाल डङ्गौराको भनाइ छ ।


सात समुद्र पारिबाट आउने यी चरा भारत झर्ने क्रममा नेपालको माथिल्लो मुस्ताङस्थित समर–धौलागिरी हिमालको पश्चिम र डोल्पा गरेर दुई वटा रुटबाट आउने तल झर्दछन् । मुस्ताङ हुँदै आउने कर्याङकुरुङ भेरी नदी कोरीडोर भएर भारततर्फ जान्छन् ।
क¥याङकुरुङको दोस्रो रुट भने डोल्पा–कैलाली हो । डोल्पा हुँदै आएका कर्याङकुरुङ सारस कैलालीको हसुलियादेखि पूर्वतिर कर्णाली कोरीडोर भएर भारततर्फ झर्ने गर्दछन् ।


डङ्गौराका अनुसार जाने बेला क¥याङकुरुङले चार हजार ८९६ किलोमिटर उडान भर्ने गर्दछन् । यिनीहरुको जाने बेलाको यात्रा १३ देखि ४० दिनसम्मको हुने गर्दछ ।


जाडो याम सकिन थालेपछि पाकिस्तान, अफगानिस्तान, किर्गिस्तान लगायतका देश हुँदै फेरि यी चराहरु रसिया, मङ्गोलियाका लागि फर्कने गर्दछन् । फर्कने क्रममा क¥याङकुरुङको उडान ६५ देखि ६६ दिनसम्मको हुने गरेको डङ्गौरा बताउँछन् । यस क्रममा क¥याङकुरुङले छ हजार ३४ किलोमिटरसम्म उडान भर्ने गरेका जनाइएको छ । यी चरा अङ्ग्रेजी अक्षरको भी आकार बनाएर आकाशमा उड्ने गर्दछन् ।
तस्बिर : दिनेश कुश्मी