२६ कार्तिक २०८१, सोमबार November 11, 2024

कैलारीमा भएको फुटबल प्रतियोगितामा सुप ११ र सुर्मादेवी च्याम्पीयन

६ आश्विन २०८०, शनिबार
कैलारीमा भएको फुटबल प्रतियोगितामा सुप ११ र सुर्मादेवी च्याम्पीयन

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भएको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फको उपाधिसुदुरपश्चिम ११ स्पोर्टस क्लबले जितेको छ भने महिला तर्फको उपाधि सुर्मादेवी युवा क्लबले हात पारेको छ ।
न्यु युवा सुन्दर शक्ति युवा क्लबको आयोजनामा थारु समुदायको अँट्वारी र हिन्दु नारीहरुको हरितालिका तीजको अवसरमा भएको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको फाईनलमा सिआउर सेभेन फुटबल क्लबलाई १–० हराउँदै सुप ११ ले उपाधि जितेको हो । उपाधि जिताउने निर्णायक गोल सुप ११ का लागि भरत टमाटाले गरेका थिए । उपाधिसँगै सुप ११ ले नगद एकलाख सहित ट्रफी पाएको छ भने उपविजेता सिआउर सेभेनले नगद पचास हजार सहित ट्रफी प्राप्त गरेको छ ।
पुरुष तर्फ सिआउर सेभेनका किरण योगी सर्वोकृष्ट खेलाडी बन्दा सुप ११ का भरत टमाटा सर्वाधिक गोलकर्ता र सुप ११ कै आकाश बुढा उत्कृष्ट गोलरक्षक भए ।

महिला तर्फको उपाधि सुर्मादेवी युवा क्लबले जितेको छ फाईनलमा सुर्मादेवी युवा क्लबले पटेला स्मार्ट क्लबलाई टाईब्रेकरमा किराना लगाउँदै उपाधि जितेको हो । निर्धारित समयमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । सुर्मादेवीका लागि विर्सना चौधरी र पटेलाका लागि ममता पुन मगरले गोल गरेकी थिईन् । टाईब्रेकरमा सुर्मादेवीले पटेलालाई ३–१ ले हराउँदै उपाधि जितेको हो । सुर्मादेवीका लागि शिवागी स्नेही, विपना स्नेही र अस्मिता चौधरीले गोल गरिन् भने विर्सना चौधरी र धना बोहोराको प्रहार गोलमा परिणत हुन सकेन् ।
यस्तै पटेलाका लागि कमला विष्टको प्रहार मात्रै गोल भयो । ममता पुन मगर, नैना बोहोरा र अनिषा कुँवरले गोल गर्न सकिनन् । महिला तर्फको विजेता भएसँगै सुर्मादेवीले नगद २५ हजार सहित ट्रफी पाउँदा उपविजेता पटेलाले नगद १५ हजार सहित ट्रफी पाएको छ ।