७ फाल्गुन २०८१, बुधबार February 19, 2025

अभियानमार्फत जनतामा फर्किएका छौंः सांसद रावल

१८ भाद्र २०८०, सोमबार
अभियानमार्फत जनतामा फर्किएका छौंः सांसद रावल

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले माओवादी पुनः जनतामा फर्केको बताएका छन् । उनले तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमार्फत आफूहरु जनतमा फर्केका बताएका हुन् ।
“यो अभियानमार्फत हामीहरु जनतामा फर्केका छौं । सहिदहरुले देखाएको बाटो र प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवाद पुग्ने बाटो फराकिलो बनाउने उद्देश्यसहित जनतामा फर्केका हौं” सांसद रावलले भने ।
अभियानको क्रममा कैलालीको लम्कीचुहाका कार्यकर्तासँग छलफल गर्दै रावलले माओवादीहरुले आफैबाट रुपान्तरण सुरु गरेको बताउँदै अब २१ औं शताब्दीको समाजवादी क्रान्तिको कार्यभार पनि माओवादीले नै पूरा गर्ने दाबी गरे । “हामीले आफैबाट रुपान्तरण अभियान सुरु गरेका छौं, नेता कार्यकर्ता सबै रुपान्तरित हुनुपर्छ । रुपान्तरण हामीबाटै सुरु गरेमात्रै २१ औं शताब्दीको समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न सक्छौं” रावलले भने ।
अभियान टोलीले पहिलो चरणका कार्यक्रम अनुसार स्थानीय पार्टीको अवस्था, भेला तथा बैठक सदस्यता नविरकणलगायतका कार्य भइरहेको रावलले जानकारी दिए ।

सहिदको सम्झनामा बिरामीलाई फलफुल बितरण
नेकपा (माओवादी केन्द्र) का नेताहरुले कैलालीको कौवापुर हत्याकाण्डका सहिदको सम्झनामा बिरामीलाई फलफुल बितरण गरेका छन् । माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष तथा प्रदेशको संसदीय दलका उपनेता अंकल रावलसहितका नेताहरुले अस्पतालमै पुगेर फलफुल बितरण गरेका हुन् ।
तत्कालिन राज्य पक्षले २०५५ भदौ १७ गते कौवापुरको जंगलमा माओवादी नेताहरु टंक बोगटी, यज्ञश्वर शर्मा, र भिमबहादुर भाटको गोली हानी हत्या गरेको थियो । कौवापुर हत्याकाण्ड स्मृति दिवसको अबसरमा लम्कीचुहा अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको हो ।
अभियानकै क्रममा सांसद अक्कल बहादुर रावलसहितका नेताहरु अस्पतालमै पुगेर बिरामीको अवस्थाबारे जानकारी लिएका थिए । सो अबसरमा अस्पताको सेवा र सुविधाबारे सांसद रावलले जानकारी लिएका थिए । व्यवस्थापक जयन्द्र जैसी र सदस्य सचिव गंगाराम उपाध्यायले अस्पतालको अवस्थाको बारेमा जानकारी गराएका थिए । सांसद रावलले अस्पतालको भौतिक संरचनाको विकाससँगै जनशक्तिको विकासको लागि हामीले प्रदेश सरकारसँग पहल गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रेम बयक पनि सहभागी थिए ।
नेकपा (माओवादी केन्द्र)को तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान डोटी जिल्लामा पनि तीब्र रुपमा अगाडि बढेको छ । भदौ १६ गते जिल्लामा खटिएका ६ वटा अभियान टोलीले एकसाथ उद्घाटन गरेका थिए ।
अभियानको अहिले पहिलो चरणको कार्यक्रम अनुसार बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माणलगायतका कामहरुमा आफूहरु केन्द्रीयत भएको केन्द्रीय सदस्य शरद सिंह भण्डारीले जानकारी दिए ।
जिल्लाको सिलगढी नगरपालिका र केआई सिंह गाउँपालिमा अभियान टोलटोलसम्म पुगेर र जनताको उत्साहजनक सहभागिता रहेको भण्डारीले बताए ।
भण्डारीका अनुसार १७ गते दिपालय सिलगढी नगरपालिकाका वार्ड १ र ५ का टोलहरुमा कार्यकता भेला र १८ गते दिपायल सिलगढी नगरपालिका –२ को धारी र ४ को राजपुर ३ बजे र पिपल्ला ५ बजे कार्यकर्ता भेला साथै केआई सिंह गाउपालिकाको वार्ड नं. ५ को हाडेआम, ६ र ७ को डोडरमा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
डोटी जिल्लामा ६ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, शरद सिंह भण्डारी, लक्षिराम आचार्य, गोविन्द बिक रहेका छन् । त्यस्तै, प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल र प्रदेश सदस्य छवि ओलीले अभियान टोलीको नेतृत्व गरेका छन् ।
अभियान मंसिर १५ गतेसम्म चल्ने अभियानले पार्टी सदस्यता नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउन । कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने र आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा संचालित स्थानीय सरकारहरुले कम्तिमा १÷१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम शुरु गर्ने र संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम ७ वटै प्रदेशमा एक÷एक वटा आयोजना संचालनको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिएको छ ।