१० बैशाख २०८१, सोमबार April 22, 2024

उर्गेन दोङ र अनु चौधरीको स्वर रहेको ‘लजालु मायालु’ ट्रेन्डिङमा

१२ आश्विन २०७९, बुधबार
उर्गेन दोङ र अनु चौधरीको स्वर रहेको ‘लजालु मायालु’ ट्रेन्डिङमा

काठमाडौं । गायक उर्गेन दोङ र अनु चौधरीको स्वर रहेको ‘लजालु मायालु’ ट्रेन्डिङमा रहेको छ । फरक पहिचान, फरक संस्कृति, फरक परम्परा र फरक पहिरन रहेको तामाङ र थारु भाषाको ‘लजालु मायालु’ गीत अहिले युट्युबमा निकै चर्चित भइरहेको छ भने टिकटकमा भाइरल भइरहेको छ ।
यो गीत अहिले युट्युबको नेपाल ट्रेन्डिङमा म्युजिकतर्फ पहिलो स्थानमा रहेको छ । तामाङ र थारु भाषाको फ्युजन रहेको उक्त गीतको शब्दसँगै संगीत समेत मीठो भएकाले श्रोता–दर्शकले निकै रुचाएका छन् ।


‘लजालु मायाले गाजलु लाउँदा त झनझनै राम्ररी पो देख्यो नि हउ
लजालु भाकाले त्यो तिम्रो आँखाले हुरुक्कै भइयो यो ज्यान झन् बोलाउँदा तिमीले इशाराले’
गायक तथा संगीतकार उर्गेन दोङ र वीरेन्द्र दोङले संगीत भरेको लजालु मायाले गीतको थारु संगीत रोहन खत्रीले गरेका हुन् । थारु शब्दका साथै गीतमा तामाङ शब्दहरु मीठो गरी संयोजन गरिएको छ । जसले गीतलाई थप मीठो बनाएको छ । गीतमा गायक उर्गेन र गायिका अनु चौधरीले स्वर भरेका छन् ।
गीतमा उर्गेन दोङ, रविन खत्री, आकांक्षा आचार्यले अभिनय गरेका छन् । भदौ २८ गते सार्वजनिक भएको गीत ५१ लाख ८८ हजार बढी पटक हेरिएको छ । तीन मिनेट १६ सेकेण्डको गीत बिरुन स्टुडियो नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।