२० मंसिर २०८१, बिहीबार December 5, 2024

थारु पाठ्यक्रम लागु गर्दै जानकी गाउँपालिका

१० आश्विन २०७९, सोमबार
थारु पाठ्यक्रम लागु गर्दै जानकी गाउँपालिका

कैलाली । कैलालीको जानकी गाउँपालिकाले थारु मातृभाषाको पाठनपाठन सुरु गर्ने तयारीमा जुटेको छ ।
थारु बाहुल क्षेत्र भएकोले यहाँको विद्यालयहरुमा थारु भाषाको पाठ्यक्रम लागु गर्ने तयारीमा गाउँपालिका जुटेको हो । गाउँपालिका अध्यक्ष गणेश चौधरीले गाउँपालिकाको सामुदाय विद्यालयमा मातृभाषा शिक्षा लागु गर्न ४० लाख रुपैया बजेट विनियोजन गरेको बताए । विद्यालयहरुमा थारु भाषाको पाठ्यक्रम लागु गर्नका लागि विज्ञहरुसंग रायसुझाब लिने काम पनि थालेको बताए ।
मातृभाषामा शिक्षा प्रदान सकिने संविधानमा नै उल्लेख गरिएको छ । त्यहि बुँदालाई टेकेर अध्यक्ष चौधरीले थारु भाषाको पाठ्क्रम लागु गर्ने भनि गाउँसभाबाटै निर्णय पारित गरे । उनले भने ‘हामी यो वर्ष ४० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं । यस पालिकामा ३३ वटा सामुदायिक विद्यालय छन् । सबै विद्यालयमा पहिलो चरण शिक्षक र अभिभावकहरुसंग छलफल गरि कक्षा कोठाको व्यवस्थापन गर्ने तयारी जुटेका हौं ।’


अध्यक्ष चौधरीले बालबालिकाको लागि विद्यालय नै शिक्षाको मन्दिर भएकोले पछिल्लो पुस्ता बालबालिकाहरुमा मातृभाषा हस्तारण गर्न मातृशिक्षा अति नै आवश्यक रहेको बताए । उनले भने ‘हामी अरुको नक्कल गर्न एकदमै अगाडी छौं, तर आफ्नै आर्गनिकलाई विस्रिरहेका हुन्छौं । जुन कारण हाम्रो कला संस्कृति, भाषा, खानपान, रहनसहन सबै लोप भएको हो ।’
‘पछिल्लो पुस्तालाई जन्मजातै जबरजस्त नेपाली र अग्रेजी बोल्न सिकाईन्छ । उनीहरु थारु भाषा बोल्न जन्दैनन् । तर हामी यो बुझ्दैनौं कि आफ्नै मातृभाषाबाट बोल्न सिकाउदा बच्चाले चाँडो सिक्छ’, अध्यक्ष चौधरीले भने ।

अहिलेका बच्चा प्रविधिमय भइसकेकोले सामाजमा घुलमिल हुन गाह्रो हुन्छ । तर मातृभाषा शिक्षाले तिनीहरुलाई समाजमा अन्तरघुलन गर्न मर्दत पुर्याउछ । त्यसैगरि भाषाको संरक्षण हुन्छ, एक समुदायदेखि अर्को समुदायबिच आपसी सद्भाव कामय हुनुका साथै सामाजिक दुरीपनि घट्ने भएकोले मातृशिक्षा अति नै जरुरी रहेको चौधरी बताउँछन् ।
वि.सं. २०६८ को जनगणना अनुसार जानकी गाउँपालिकामा जनसंख्या ४८ हजार ५४० जना रहेको छ । जस मध्ये २९ हजार ३१७ अर्थात ६०.४० प्रतिशत जनसंख्या थारु समुदायको रहेको छ ।