२२ भाद्र २०८१, शनिबार September 7, 2024

भलमन्सा प्रथालाई कानुनी मान्यता दिन माग

२८ भाद्र २०७९, मंगलवार
भलमन्सा प्रथालाई कानुनी मान्यता दिन माग

कैलाली । थारु समुदायको परम्परागत भलमन्सा प्रथालाई कानुनी मान्यता दिन नगरपालिका स्तरीय भलमन्सा कार्यसमितिले कैलालीको घोडाघोडी नगरपालिकालाई १३ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा भलमन्सा/बरघरहरुको कार्यविधि बनाई सूचीकृत गरी कानुनी मान्यता दिनु पर्ने, भलमन्सा हरुले मिलाएका विभिन्न विवादहरूलाई न्यायिक निरूपण गरिएका निर्यणहरुलाई दस्ताबेजिकरण गर्नु पर्ने, नगर स्तरीय थारु आयोग गठन गरी कार्यविधि ल्याउनु पर्ने माग रहेको छ ।
त्यसैगरि थारु देउथान (मरुवा)लाई सोही गाउँको नाममा सर्व निहित हुने गरि कानुनी व्यवस्था गर्नु पर्र्ने र सो थारु थारु देउथान (मरुवा) को भागचन गर्दै आएको जमिन सोही मरुवाको नाममा दर्ता श्रेस्ता कायम हुनु पर्ने, थारु समुदायका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागी प्राविधिक शिक्षामा निःशुल्क आरक्षण कोटाको व्यवस्था गर्नु पर्ने रहेको छ ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख खडक बहादुर रावतले यस विषयमा आफू छलफल, अध्ययनमा रहेको बताए । नगरप्रमुख रावतले भलमन्सालाई व्यवस्थित, मर्यादित तथा समुदायप्रति जिम्मेवार बनाउने गरि पालिकाले कानुनी मान्यता दिने गरि अगामी नगर सभामा भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन ल्याउने उनले बताए ।