६ बैशाख २०८२, शनिबार April 19, 2025

मध्यपूर्वको उत्कृष्ट विश्व विद्यालयका प्राध्यापक म्याथुले एसपीए कलेजमा पढाउँने

२४ भाद्र २०७९, शुक्रबार
मध्यपूर्वको उत्कृष्ट विश्व विद्यालयका प्राध्यापक म्याथुले एसपीए कलेजमा पढाउँने

कैलाली । मध्यपूर्व क्षेत्रको उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक म्याट रोनाल्ड्स(म्याथु)ले धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजमा पढाउँने भएका छन् ।
मध्यपूर्व क्षेत्रका विश्वविद्यालयमध्ये हाल उत्कृष्ट ३ भित्र रहेको किंङ फहद यूनिभर्सिटीका प्राध्यापक म्याथुले एसपीएमा १ वर्ष अध्यापन गराउने छन् । म्याथुले तीन विषयमा डिग्री हासिल गरेका छन् । उनीसँग १५ देशमा अध्यापान गराएको अनुभव पनि रहेको छ ।
शिक्षामा अन्तर्राष्ट्रिय रुपमा विकास भएका ट्रेण्डहरुलाई आत्मसात गर्दै एसपीएले विधार्थीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउँन अष्टे«लियन नागरिक म्याथुलाई धनगढीमा भित्र्याएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।
‘एसपीएका विधार्थीहरुलाई ग्लोबल सिटिजन्स बनाउँने हाम्रो उदेश्य हो,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘विधार्थीको सर्वाङगीण विकासका लागि उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक, १५ देशमा अध्यापनको अनुभव सँगालिसकेका व्यक्तित्वलाई हामीले निम्त्याएका छौं । उनका माध्यमबाट फरक सांस्कृतिक अन्तरघुलन तथा अन्य देशका ट्रेड, संघर्ष र जीवन हाम्रा विधार्थीले बुझ्ने लक्ष्य राखेका छौं ।’


५३ वर्षीय म्याथुले विभिन्न विश्वविद्यालयका लागि अंग्रेजी कार्यक्रमको समेत गरका छन् । एसपीएमा विधार्थीहरुलाई अंग्रेजी भाषा, कला, साहित्य, संस्कृति तथा अनुभव आदानप्रदान गर्नेछन् ।
त्यसबाहेक उनले अष्ट्रेलियामा विभिन्न क्रिकेट टोलीलाई समेत प्रशिक्षण गर्नुका साथै बास्केटबलको रेफ्रीको भूमिका समेत निर्वाह गरेका छन् । उनले एसपीएको पुरुष तथा महिलाको क्रिकेट टोली र बास्केटबल टोली बनाउँन पनि सहयोग गर्नेछन् ।
म्याथुले नेपालको पश्चिमीभागमा रहेको सुन्दर धनगढीमा आउँन पाउँदा खुशी व्यक्त गर्दै आफूसँग भएको सम्पूर्ण अनुभव एसपीएका विधार्थीहरुलाई दिने प्रतिबद्धता जनाए ।
‘मलाई एसपीए कलेजले निम्त्याउँदै यहाँका विधार्थीहरुसँग आफ्नो ज्ञान, अनुभव बाड्ने अवसर दिएको छ । एसपीए कलेजलाई धन्यवाद दिन चाहान्छु,’ म्याथुले भने, ‘संसार जित्ने शिक्षाले हो । शिक्षा बाड्न म नेपालको पनि पश्चिमी भुभागमा आउँन पाउँदा खुशी महसुस गरेको छु ।’
यसअघि मध्यपूर्वमा काम गर्दा नेपालीसँगै दक्षिण एसियाका नागरिकहरुलाई भेटेको अनुभव सुनाउँदै म्याथुले उनीहरुले प्रायः क्लिनर्स, गार्डनर जस्ता सामान्य काम गरेको देखेको र खराब व्यवहार भोगिरहेको बताए ।
‘यो गलत र असमान व्यवहार हो, तर संसार त्यस्तै छ । विदेशमा अरु विकसित देशका नागरिकसरह नेपालीलाई पनि व्यवहार होस् भन्ने चाहान्छु,’ म्याथुले भने, ‘त्यसका लागि शिक्षा अपरिहार्य छ । नेपालीहरु राम्रो शिक्षा हासिल गर्दै डिग्री प्राप्त गरुन भन्ने मेरो इच्छा छ । त्यसमा म सहयोगीको भूमिका हुनेछु ।’
म्याथुले विधार्थीहरुलाई एकदमै कडा मिहिनेत गर्न, विश्वविद्यालयको डिग्री हासिल गर्न र आफ्नो कम्फर्ट जोनभन्दा बाहिर निस्कन सुझाव दिए । उनले विश्वविद्यालयको शिक्षामा मात्रै सीमित नभई विधार्थीहरुले मानविय सेवामा तथा वातावरण संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।
एसपीए कलेजले आफ्ना विधार्थीलाई अन्तर्राष्ट्रिय एक्सोजर दिने उद्देश्यले यसअघि पनि विभिन्न देशका अथिति प्राध्यापकहरु, मोटिभेसनल स्पिकरहरुलाई निन्त्याउँदै आएको छ । यसअघि एसपीएमा अष्ट्रेलियाकै अंग्रेजी भाषाकी अध्यापक अमान्डेना भेगाउ, भारतका शौरभ गुप्ता, वरिष्ठ साहित्यकार तथा प्राज्ञ तुलसी दिवस, एनसेलका सीसीओ प्रदीप श्रीवास्तव, कलाकार तथा अध्यापक सन्दीप क्षेत्री आदि आएर विधार्थीहरुसँग अन्तक्र्रिया गरेका छन् ।