२ बैशाख २०८१, आईतवार April 14, 2024

गुलरिया घाटमा पक्की पुल बन्ने

२३ भाद्र २०७९, बिहीबार
गुलरिया घाटमा पक्की पुल बन्ने

कैलाली । भजनी नगरपालिका वडा नम्बर ५ को सिमानामा पर्ने मोहना नदिको गुलरिया घाटमा पक्की पुल बन्ने भएको छ ।
संघीय सरकारबाट पक्की पुलको लागि बजेट बिनियोजन भएपछि बिहीबार स्थलगत अनुगमन गरिएको छ । पुल टेण्डरको प्रक्रियाका लागि ४७ लाख ५० हजार रकम रकम विनियोजन भएको जनाइएको छ । भने पुल निर्माण सम्पन्नका लागि १५ करोड बढी खर्च लाग्ने जनाइएको छ ।

प्रदेश सांसद बिरमान चौधरी, पुल डिभिजन कार्यालयका प्रमुख, भजनी नगरपालिकाका पूर्व नगरप्रमुख शेर बहादुर चौधरी लगायतको टोलीले स्थलगत अनुगमन गरेका हो ।
अनुगमनकै क्रममा सांसद चौधरीले केही भाग जमिन भारतको भूभागमा पनि पर्ने भएकाले भारत सरकारसंग आवश्यक छलफल गरि टेण्डर प्रक्रिया चाँडै नै अगाडी बढाउने बताए ।
उक्त टोलीमा भजनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिक्रम चौधरी, जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनीका अध्यक्ष हेमेन्द्र भारद्वाज, स्थानीय राजनीतिज्ञ, सुरक्षाकर्मी, पत्रकार, स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।