जोशीपुर । जोशीपुर गाउँपालिका–१, जोशीपुर बजारमा शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
युवा सञ्जाल जोशीपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । थारु समुदायको अटवारी पर्व साथै हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको युवा सञ्जाल जोशीपुरका अध्यक्ष सन्तोष विकले बताए ।
कार्यक्रममा ५० युनिट रगत संकलन भएको जनाइएको छ । आपतकालिन अवस्थामा परेकालाई रगत अभावमा केही हदसम्म कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
वृहत रक्तदान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया, वडा नं ३ की वडा अध्यक्ष रेणु कुमारी डगौरा, वडा नं ४ का वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता रामजनम चौधरी, वडा नं ५ का वडा अध्यक्ष अनर कुमार चौधरी, वडा नं ७ का वडा अध्यक्ष बम बहादुर शाह, नेकपा माओवादीका नेता दीर्घ राज विनाडी, जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विश्व नाथ चौधरी, इलाका प्रहरी कार्यालय जोशीपुरका प्रतिनिधि, रेडक्रस सोसाइटी टिकापुर का प्रतिनिधि, बजारका व्यापारी, विद्यार्थी, जनप्रतिनिधि, युवा, व्यवसायी, विद्यार्थीहरू लगायत विभिन्न व्यक्तिहरूको उपस्थित रहेको थियो ।