९ जेष्ठ २०८१, बुधबार May 22, 2024

बवी बुटिक सञ्चालन

१ भाद्र २०७९, बुधबार
बवी बुटिक सञ्चालन

धनगढी । विगतलामो समय देखि ग्राहकको आकांक्षा अनुसार लेडिज पहिरनको सेवा दिंदै आएको बवी टेलरले बवी बुटिक सञ्चालनमा ल्याएको छ ।
धनगढी एलएन चोक स्थित लक्ष्मी नारायण मन्दिरको सटरमा सञ्चालन भएको बुटिकले ग्राहकको माग अनुसार लेडिज पहिरन तयार गर्नुका साथै प्रशिक्षण पनि दिने सञ्चालिका जयन्ती चौधरीले बताइन् ।


‘ग्राहकको अर्डर अनुसार सुटपिस देखि लेहङ्गा, चोली लगायत आधुनिक डिजाईनका पहिरन हामीले तयार पार्नेछौं,’ चौधरीले भनिन्, ‘त्यसकासाथै इच्छुक दिदीबहिनीलाई पनिहामीती सामग्री निर्माणका लागि दक्षता प्रदान गर्नेछौं ।’