९ बैशाख २०८१, आईतवार April 21, 2024

भदौ ७ मा ढकियाखबर डटकम ‘लन्च’ हुँदै

१ भाद्र २०७९, बुधबार
भदौ ७ मा ढकियाखबर डटकम ‘लन्च’ हुँदै

काठमाडौं । चली गोचाली मिडिया प्रालिको प्रस्तुति ढकियाखबर डटकम भदौ ७ गते ‘लन्च’ हुने भएको छ ।

चली गोचाली मिडिया प्रालिका अध्यक्ष दिलबहादुर चौधरीका अनुसार थरुहट थारुवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ऐतिहासिक टीकापुर आन्दोलनको सम्झनामा उक्त दिन ढकियाखबर डटकम ‘लन्च’ गर्न थालिएको हो ।

ढकियाखबर डटकम समाचारमूलकभन्दा पनि विचारमूलक डिजिटल पत्रिका रहने प्रवन्ध निर्देशक भूमिका थारूको भनाइ छ । उनका अनुसार अनलाइनमा लेखरचना, विचार, समाचार पठाउन dhakiyakhabar@gmail.com इमेल प्रयोग गर्न सकिन्छ ।