२९ मंसिर २०८१, शनिबार December 14, 2024

थरुहट मोर्चाले टीकापुर विद्रोह दिवस मनाउने

२१ श्रावण २०७९, शनिबार
थरुहट मोर्चाले टीकापुर विद्रोह दिवस मनाउने

कैलाली । थरुहट थारुवान राष्टिय मोर्चाले टीकापुर विद्राह दिवस मनाउने भएको छ ।
मोर्चाले भदौ ७ गते टीकापुर विद्रोह दिवस र संविधान जारी भएको दिन असोज ३ गते कालो दिन मनाउने भएको छ । मोर्चाका केन्द्रिय संयोजन समितिका कार्यबाहक संयोजक श्रवण थारुको अध्यक्षतामा शुक्रबार काठमाण्डौंमा बसेको बैठकले उक्त दिवस र कालो दिन मनाउने निर्णय गरेको हो ।
त्यही बैठकबाट मोर्चाको केन्द्रिय कार्यकारी अधिकार कार्यबाहक संयोजक चौधरीलाई दिएको छ । त्यसैगरी मोर्चाले टीकापुर राजबन्दी संगम थारु, नन्दुराज चौधरी लगायत २३ जनालाई सदस्य र सल्लाहकारमा मनोनयन गरेको छ ।
टीकापुर घटनालाई लिएर मोर्चाले प्रत्येक वर्ष विद्रोह दिवस मनाउँदै आएको छ । संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएर ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । घटना भएको दोस्रो दिन विहान कफ्र्यु जारी भएको समयमा ८० बढी थारु समुदायको घर, पसल, एफएम लगायतमा आगजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरी सहित नेता कार्यकर्ता जेल सजाय भोग्दै आएका छन् ।