१० चैत्र २०८१, सोमबार March 24, 2025

गुरही पर्वको अवसरमा कैलारी गाउँपालिकाद्वारा सार्वजनिक बिदा

१६ श्रावण २०७९, सोमबार
गुरही पर्वको अवसरमा कैलारी गाउँपालिकाद्वारा सार्वजनिक बिदा

गुरही पर्वको अवसरमा कैलारी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको साउन १६ गते भएको निर्णय अनुसार साउन १७ गते मंगलबार परेको गुरही पर्वको अवसरमा स्थानीय बिदा दिने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर ऐरद्वारा सोमबार जारी भएको स्थानीय बिदा सम्बन्धी सूचनामा गाउँपालिका अन्र्तगतका सरकारी कार्यालय तथा विद्यालय स्थानीय बिदा हुने जनाएको छ ।


यसै गरि गुरही पर्वको अवसरमा जोशीपुर गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको साउन ६ गते भएको निर्णय अनुसार साउन १७ गते मंगलबार गुरही पर्वको अवसरमा स्थानीय बिदा दिने भएको हो । गाउँपालिकाले सोमबार स्थानीय बिदा सम्बन्धी सूचना जारी गर्दै साउन शुक्ल पञ्चमीका दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा स्थानीय बिदा हुने जनाएको छ ।
यता धनगढीमा सावन १७ गते गुरही पर्व भव्यताका साथ मनाइने भएको छ । थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व सखी सञ्जाल र थारु कलाकार मञ्च कैलालीको संयुक्त आयोजनामा सावन १७ गते धनगढीको गुरही चौकमा सामूहिक रुपमा गुरही पर्व मनाइने भएको हो ।
विगत एक दशक यता थारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रुपमा मनाउँदै आएको गुरही पर्वलाई यस वर्ष पनि चाडवर्ड संरक्षण सम्वद्र्धन सहित हकअधिकार तथा पहिचानको रुपमा मनाउने भएका छन् ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने हो । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछन् ।
नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ । यस पर्वमा गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही ९गाइने कीराको प्रतीक० असराउने (सेलाउने) चलन रहिआएको छ । यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।
गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने जनविश्वास रहेको छ । यसका साथै सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, संकटलगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास रहिआएको छ ।