६ बैशाख २०८१, बिहीबार April 18, 2024

एलपीएल प्रतियोगितामा लिटल फ्लावर सेमिफाइनलमा

२२ श्रावण २०७८, शुक्रबार
एलपीएल प्रतियोगितामा लिटल फ्लावर सेमिफाइनलमा

धनगढी, २४ फागुन । लिटल फ्लावर स्कुल चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर सेमिफाइनलमा पुगेको हो ।

संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटलले १० ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।लिटलको जितमा नरेन भट्टले ३० रन जोड्दा मनोज चनाराले १६ रन बनाए । निरज चन्द १३ रनमा अविजित रहे ।

त्रिनगरका बसन्त थापा मगरले २ तथा शिशिर थापा मगरले १ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको त्रिनगरले १२ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाएको थियो ।

उसका रमेश विष्टले सर्वाधिक १३ रन बनाए ।लिटलका सचिन भट्टले ४ विकेट लिए । मनोज चुनारा र नरेन भट्टले ३/३ विकेट लिए ।

यस जितसँगै लिटल फ्लावर समूह ’ख’ बाट सेमिफाइनलमा पुगेको हो ।यस समूहका तीन टिमको समान अंक भएपछि नेट रन रेटको आधारमा लिटल फ्लावर सेमिफाइनलमा पुगेको हो ।

यस समूहका लिटल फ्लावर, शारदा स्कुल र विद्या भुषणले समान ४/४ अंक जोड्यो । तर, नेट रन रेटमा लिटल अघि रह्यो ।प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।विजेताले १ लाख २० हजार पाउने छन् ।त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।