१८ बैशाख २०८३, शुक्रबार May 1, 2026

रुख ढलेर घरमा क्षति

१६ श्रावण २०८१, बुधबार
रुख ढलेर घरमा क्षति

धनगढी, १६ श्रावण । रुख ढलेर एक घरमा पूर्ण रुपमा क्षति भएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्ताका सन्तराम चौधरीको घरमा रुख ढलेर क्षति भएको हो ।
राति आएको हावा पानीले रुख ढलेको स्थानीय महाबीर चौधरीले जानकारी दिए । उनले घरमा रहेको अन्नपातमा क्षति भएपनि मानवीय क्षति नभएको बताए ।