१० बैशाख २०८१, सोमबार April 22, 2024

कठरिया समाज नेपालको अध्यक्षमा दुःखीराम कठरिया चयन

७ श्रावण २०७९, शनिबार
कठरिया समाज नेपालको अध्यक्षमा दुःखीराम कठरिया चयन

कैलाली । कठरिया समाज नेपालको अध्यक्षमा दुदुःखीराम कठरिया चयन भएका छन् । शनिबार कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ६ सिमरी गाउँमा भएको सो समाजको भेलाले कठरियालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
समाजको उपाध्यक्षमा गीता कठरिया, सचिवमा सुवेश कठरिया, सहसचिवमा अनिल कठरिया र कोषाध्यक्षमा दिल बहादुर कठरिया चयन भएका छन् ।
यस्तै सदस्यहरुमा देविदयाल कठरिया, राजेश कठरिया, रामचन्द्र कठरिया, बिरेन्द्र कठरिया, राजकुमार कठरिया, मिना कठरिया, मानबहादुर कठरिया र जितेन्द्र कठरिया चयन भएका छन्।
समाजका गतिविधीहरु थप प्रभावकारी बनाउन सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा गया प्रसाद कठरिया, रेखा देवि कठरिया, परशुराम महतौं कठरिया र सुरेश कठरिया रहेका छन् । सल्लाहकार समितिका थप सदस्य र संयोजक आगामी बैठकबाट मनोनित गरिने जनाईएको छ ।