२६ आश्विन २०८१, शनिबार October 12, 2024

करेन्ट लागि घाइते भएका केदार चौधरीको उपचारार्थ आर्थिक सहयोग

५ श्रावण २०७९, बिहीबार
करेन्ट लागि घाइते भएका केदार चौधरीको उपचारार्थ आर्थिक सहयोग

कैलाली । कैलालीमा विद्युत लाइन मर्मत गर्ने क्रममा घाइते भएका केदारनाथ चौधरीलाई आर्थिक सहयोग गरिएको छ ।
करेन्ट लागेर घाइते भएका चौधरीलाई कैलारी उद्योग वाणिज्य संघ र हसुलिया बजार व्यवस्थापन समितिले उपचारका लागि बिहीबार आर्थिक सहयोग गरेको हो ।
गत असार ३० गते हावाहुरी सहितका वर्षा हुँदा कैलारी गाउँपालिकाको विद्युत् लाइनमा क्षति भएको थियो । सोही लाईन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका चौधरीको काठमाडौँको कृर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियाका केदारनाथ चौधरीको उपचारार्थ ३३ हजार ४ सय ७१ आर्थिक संकलन गरी सहयोग गरेको उद्योग वाणिज्य संघ कैलारीका अध्यक्ष नेपालु चोधरीले बताएका छन् ।
चौधरीको उपचारका लागि हसुलिया बजारका सम्पुर्ण व्यापारी तथा स्थानीयबाट रकम संकलन गरेको कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीले बताए । ‘घाइते चौधरी हाम्रो गाउँका स्थानीय हुन् । उनी लामो समयदेखी यस क्षेत्रको विद्युत् सेवामा कार्यरत छन्’, चौधरीले भने, ‘सामाजिक उत्तरदायीत्व कायम राख्दै मानवताका नाताले सहयोग गरेका हौँ । आवश्यक परे थप सहयोगका लागि पहल गर्छौं ।’ बिहीबार कैलारी उद्योग वाणिज्य संघ र हसुलिया बजार व्यवस्थापन समितिका प्रतिनिधीहरुको उपस्थितिमा घाइते चौधरीका बुवा कुकरु चौधरीलाई रकम हस्तान्तरण गरिएको हो ।