१० चैत्र २०८१, सोमबार March 24, 2025

मुक्त कमलरीहरुको माग सम्बोधनका लागि मुख्यमन्त्रीलाई ध्यानाकार्षण

५ श्रावण २०७९, बिहीबार
मुक्त कमलरीहरुको माग सम्बोधनका लागि मुख्यमन्त्रीलाई ध्यानाकार्षण

कैलाली । आफुहरुले राखेका माग प्रदेश सरकारले सम्बोधन नगरेको भन्दै मुक्तकमलरीहरुले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेका छन् ।
बिहीबार मुक्त कमलरी विकास मञ्च कैलाली अध्यक्ष बिन्द्रा चौधरी र कञ्चनपुर अध्यक्ष सीता डगौंराको अगुवाईमा गएको टोलीले मुख्यमन्त्री भट्टलाई भेटेका हुन् । भेटमा उनीहरु आफुहरुले राखेका विभिन्न माग सहितको ज्ञापनपत्र कार्यान्वयनका लागि मुख्यमन्त्री भट्टलाई ध्यानाकार्षण गराएका थिए ।


मुख्यमन्त्री भट्टले मुक्तकमलरीहरुका लागि प्रदेश सरकारले विभिन्न किसिमका कार्यक्रम गरिरहेको बताए । उनले निःशुल्क उच्च शिक्षा, छात्रवृति र सीप लगातयका क्षेत्रमा सहयोग गर्दै आएको बताए । साथै उनले मुक्तकमलरीहरुको सही तथ्यांक उपलब्ध गराउन समेत आग्रह गरेका थिए । उनले मुक्तकमलरीहरुको सही तथ्यांक नहुँदा छात्रवृति, तालिम लगायत कार्यक्रमका लागि बजेट विनियोजन तथा कार्यान्वयनमा समस्या हुने बताएका थिए ।
यस अघि मुक्त कमलरीलाई निःशुल्क उच्च शिक्षा, निःशुल्क प्राविधिक शिक्षा, छात्रवृति, होस्टेलमा बसी अध्ययनरतहरुका लागि स्वास्थ्य चेकजाँच, परिचयपत्रको उपलब्धता, अनुदान सहितको सीप विकासका तालिम लगायतका माग सहित मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाइएको थियो ।