१२ चैत्र २०८१, बुधबार March 26, 2025

गौरीगंगामा माटो सुहाउँदो उत्पादन गर्न कृषकलाई प्रोत्साहन गरिने

३ श्रावण २०७९, मंगलवार
गौरीगंगामा माटो सुहाउँदो उत्पादन गर्न कृषकलाई प्रोत्साहन गरिने

मसुरिया । कैलालीको गौरीगंगा नगरपालिकामा व्यवसाय सेवा प्रदायक सञ्जाल निर्माण अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा दिगो विकास समाज भजनी कैलालीको आर्थिक पुनस्र्थापना परियोजना अन्तर्गत गोष्ठी गरिएको थियो ।
दिगो विकास समाजका सहसचिव धनीराम राजीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गौरीगंगा नगरपालिका नगर प्रमुख देविदत्त कडेलले कृषि उपजको उत्पादन लागत बढ्दो तर भण्डारण, ढुवानी र बजार मुल्य सँगको प्रतिस्पर्धाको आधारमा किसान समस्यामा रहेको बताए । राज्यबाट कृषिको बजार सुनिश्चिततामा सहयोग र प्रोत्साहन हुन नसकिरहेको भन्दै नगरप्रमुख कडेलले गौरीगंगा नगरपालिकाका सम्पुर्ण वडाहरुमा माटोको परिक्षण गरि माटो सुहाउँदो उत्पादन गर्ने बातावरण सृजना गर्ने योजनामा रहेको बताए ।
कृषक, समुह, सहकारी संस्था तथा टोल बस्तीमा कृृषि प्राविधिक परिचालन गरेर एक गाउँ एक उत्पादन कार्यक्रम गर्न माटो सुहाउँदो उपयुक्त खेती गर्न र स्थानीय बजार तथा बाह्य क्षेत्रमा बजारीकरण गर्न सहयोग गर्ने उनले बताए ।
कार्यक्रमका सहभागीहरुले राज्य र नगरपालिकाले कृषक लक्षित कार्यक्रम र योजना बनाउन नसक्दा व्यावसायीक रूपमा कृषि उपजको उत्पादन र बजारको सुनिश्चितता हुन नसकिरहेको बताएका थिए ।
कृषक, जनप्रतिनिधि, एग्रोभेट, ढुवानी कर्ता, व्यापारी सम्मिलित नगरपालिका स्तरिय नेटवर्क बनाएर कृषि उपजको उत्पादन भण्डारण ढुवानी तथा बजारको सुनिश्चितता गर्ने निर्णय गरिएको छ ।
कार्यक्रमको सञ्चालन दिगो विकास समाजका फिल्ड सहजकर्ता मुकेश चौधरीले गरेका थिए ।