२७ आश्विन २०८१, आईतवार October 13, 2024

ठेपरिन्ह्या फाँटमा बृक्षारोपण

१ श्रावण २०७९, आईतवार
ठेपरिन्ह्या फाँटमा बृक्षारोपण

हसुलिया । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ बसन्ती सामुदायिक वनमा आइतबारदेखि वृहत बृक्षारोपण कार्यक्रम सुरु भएको छ ।
वडा नम्बर ७ स्थित बसन्ती सामुदायिक वन उपभोक्ता समुहको ठेपरिन्ह्या फाँटको १६ विघा जमिनमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरी रहेकी थिइन् । बृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्दै उनले रुख मानव जीवनको लागि अतिआवश्यक भएको बताइन् । उनले रोपिएको रुखको संरक्षण गर्न सबैको दायित्व रहेको बताइन् ।
सोमबारसम्म हुने बृक्षारोपणमा विभिन्न जातका १० हजार बोट विरुवा रोपिने गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले बताए ।


गाउँपालिकाको आर्थिक सहयोगमा सब डिभिजन वन कार्यालय बसन्तामा तयार भएको उक्त बोटविरुवाा रोपिन लागेको उनले बताए । वृहत वृक्षारोपण कार्यक्रममा नवजीवन सेवा संघको सहकार्य रहेको छ । आइतबार ५ हजार बोटविरुवा रोपिएको संघका फिल्ड कोर्डिनेटर प्रविन श्रेष्ठले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा बसन्ती सामुदयिक वनका अध्यक्ष जुगराम चौधरी, बसन्ता सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बालकराम चौधरी, सब डिभिजन वन कार्यालयका प्रतिनिधि लगायत स्थानीयहरुको सहभागितामा रहेको थियो ।