२ बैशाख २०८१, आईतवार April 14, 2024

कमैया मुक्ति दिवसको दिन भजनीमा स्थानीय बिदा

३१ असार २०७९, शुक्रबार
कमैया मुक्ति दिवसको दिन भजनीमा स्थानीय बिदा

धनगढी । कैलालीको भजनी नगरपालिकाले कमैया मुक्ति दिवसको अवसर पारेर नगरभरी स्थानीय बिदा दिने निर्णय गरेको छ ।
भजनी नगरपालिकाको कार्यापलिका बैठकले कमैया मुक्ति घोषणा भएको दिन साउन २ गते नगरभरी स्थानीय बिदा दिने निर्णय गरेको हो । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मुक्त भएको घोषणा गरेको थियो । त्यसको सम्झनामा मुक्त कमैयाले हरेक वर्ष कमैया मुक्ति दिवस मनाउँदै आएका छन् ।
सोही दिन भजनी नगरपालिका, वडा कार्यालयहरु र सम्पूर्ण शैक्षिक तथा स्वास्थ्य संस्थामा स्थानीय बिदा दिने सूचना प्रकाशित गरी सो नगरपालिकाले जानकारी दिएको छ ।