९ जेष्ठ २०८१, बुधबार May 22, 2024

लागुऔषध खेरो हिरोईन सहित ४ पक्राउ

२९ असार २०७९, बुधबार
लागुऔषध खेरो हिरोईन सहित ४ पक्राउ

कैलाली । कैलालीको टीकापुरमा लागु औषध खेरो हिरोईन सहित ४ जना पक्राउ परेका छन् ।
मंगलबार दिउँसो १ः५० बजेको समयमा टीकापुर वडा नम्बर ९ स्थित खक्रौला प्रहरी चेकपोस्टबाट प्रहरीले ६ ग्राम ६०० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका वडा न. ७ का २५ वर्ष लक्ष्मण सुनार, २५ बर्षका तेजबहादुर बिटालु, २४ बर्षका अजय दमाई र २४ बर्षका नागेश्वर थारु रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर शाहीका अनुसार भारतबाट आउदै गरेको भे १ ह ४२७४ नं. को अटोमा लागुऔषध खेरो हिरोईनसहित चारजना पक्राउ परेको बताए । शंका लागी चेक जाँच गर्ने क्रममा उक्त अटोको भित्र पट्टि छतको भागमा कालो प्लाष्टिकमा पोका पारी लुकाई छिपाई गरी राखेको अवस्थामा उक्त परिमाणको खैरो हिरोइन भेटिएको हो ।
खैरो हिरोइनसहित चारजनालाई पक्राउ गरी उनीहरुमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।