९ जेष्ठ २०८१, बुधबार May 22, 2024

विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर

२९ असार २०७९, बुधबार
विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क रुपमा विद्युत मिटर वितरण गरेको छ ।
गाउँपालिकाले १५४ परिवारलाई निःशुल्क रुपमा विद्युत मिटर उपलब्ध गराएको हो । बुधबार विहान एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले विद्युत मिटर हस्तान्तरण गरे ।
सो क्रममा उनले गाउँपालिकामा धेरै विपन्न परिवारले विद्युत मिटर जडान गर्न नसकेको बताए । ‘एक वडामा कम्तीमा पनि १०/१२ विपन्न घर परिवारले विद्युत मिटर जडान गर्न नसकेको अनुमान गरेर हामीले सोही अनुसार मिटर माग गरेका थियौं’, उनले भने ।


विद्युत मिटर वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्र बम, वडा अध्यक्षहरु, सामाजिक विकास शाखा प्रमुख एवम् सूचना अधिकारी यगम कलेल, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीसहित गाउँपालिकाको कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाले निःशुल्क रुपमा विद्युत मिटर वितरणका लागि विपन्न परिवारबाट निवेदन माग गरेको थियो ।