२६ आश्विन २०८१, शनिबार October 12, 2024

प्रकाश र स्मृति भए ‘प्रदेश किशोरकिशोरी स्वास्थ्य प्रवद्र्धन तारा’ प्रतियोगितामा उत्कृष्ट

२१ असार २०७९, मंगलवार
प्रकाश र स्मृति भए ‘प्रदेश किशोरकिशोरी स्वास्थ्य प्रवद्र्धन तारा’ प्रतियोगितामा उत्कृष्ट


धनगढी, २१ असार । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ कैलालीका स्मृति शाही र मेलौली नगरपालिका वडा नम्बर २ बैतडीका प्रकाश बडू प्रदेश किशोरकिशोरी स्वास्थ्य प्रवद्र्धन तारा प्रतियोगितामा उत्कृष्ट भएका छन् ।
शाही धनगढीस्थित नाष्ट माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन भने बडू बैतडी दुर्गास्थानस्थित केदारेश्वर मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । सामाजिक विकास मन्त्रालय, प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरको आयोजनामा धनगढीमा मंगलबार सम्पन्न विभिन्न विद्याका स्पर्धामा शाही र बडू ‘प्रदेश स्वास्थ्य प्रवद्र्धन तारा’ उत्कृष्ट भएका हुन । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरीबाट १८ जनाको सहभागिता रहेको थियो
उत्कृष्ट भएका दुवैलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका एक समारोहका बीच ट्रफी, सम्मानपत्र र नगद २५/२५ हजारसहित पुस्कृत गरेका थिए ।
कार्यक्रममा राज्यमन्त्री रैका किशोरावस्थामा सकारात्मक विचार तथा राम्रो संगतमा लाग्नुपर्ने बताएका थिए । उहाँ किशोरकिशोरीहरूको उज्ज्वल भविष्यका लागि सकारात्मक विचार तथा राम्रो संगतमा लाग्नु पर्ने आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश सचिव दीपक लामिछाने, जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारलगायत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा किशोरावस्था समस्या, चुनौती र समाधान विषयमा समूह छलफल र प्रस्तुति, स्वास्थ्य जीवनशैली, स्वास्थ्य व्यवहार, स्वास्थ्य विकासका आधार आदि विषयमा वहस, किशोर÷किशोरी स्वास्थ्य प्रवद्र्धन तथा राजनीतिक र विकास विषयक प्यानल छलफल, ‘गरौं किशोरकिशोरीको स्वास्थ्यमा लगानी, पाउ स्वास्थ्य जिन्दगानी’ विषयक वक्तित्वकला, किशोर÷किशोरी व्यक्तिगत प्रतीभा कार्यक्रम भएको थियो ।
छनौट कार्यक्रममा कानून अधिकृत दानबहादुर सुनार, जनस्वास्थ्यविज्ञ शंकर धामी र समाजशास्त्रविद् शेरबहादुर विष्ट निर्णायक रहेका थिए भने केन्द्रका प्रमुख हेमराज खड्का र दीपा रावत सहजकर्ता रहेका थिए । कार्यक्रम केन्द्रका प्रमुख खड्काको अध्यक्षतामा भएको थियो ।