७ बैशाख २०८१, शुक्रबार April 19, 2024

भजनी साक्षर नगरपालिका घोषणा

१८ असार २०७९, शनिबार
भजनी साक्षर नगरपालिका घोषणा

कैलाली । भजनी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ ।
नगरपालिका भित्रका १५ देखि ६० वर्ष उमेर समुहका ९७ प्रतिशत नागरिक साक्षर भएसँगै एक कार्यक्रमका बिच नगरप्रमुख केवल चौधरीले नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेका हुन् ।
भजनी नगरपालिका भित्र रहेको ३ हजार ७ सय ३४ घरधुरीको सर्वेक्षणबाट सबै जना साक्षर भएको तथ्यांक अनुसार साक्षर नगरपालिका घोषणा गरिएको छ । २०६७ सालको सर्वेक्षण अनुसार नगरपालिकाभित्र निरक्षरता संख्या ११ हजार ७ सय २० रहेको थियो । २०७१ साल सम्म विभिन्न स्थानमा साक्षता कक्षा संचालन भएको थियो । जुन साक्षरता कक्षाबाट १२ हजार २९ जना साक्षर बनेका छन् ।
यसका लागि भजनी नगरपालिकाले १ सय २५ स्थानमा साक्षरता कक्षा संचालन गरेको थियो । १५ देखि ६० वर्ष उमेर समुहले अक्षर चिन्न सक्ने साक्षरता दरबढे सँगै नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो ।
भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, नेपाली कांग्रेस पार्टीका नगर सभापति नवराज मिश्र, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरी, माओवादी केन्द्रको नारायण ओझा, नागरिक उन्मुक्ति पार्टीका नगर सभापति घनश्याम चौधरी र महुन्याल माध्यमिक विद्यालय भजनीका प्रअ भूपेन्द्र प्रसाद भट्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका सञ्चालन चन्द्रदेव भट्टले गरेका थिए भने स्वागत प्रमुख प्रशासकीय अधिकृत सूर्य बहादुर सिंहले गरेका थिए ।