२७ आश्विन २०८१, आईतवार October 13, 2024

विकास निर्माण सम्पन्न भएका योजना अनुगमन

१७ असार २०७९, शुक्रबार
विकास निर्माण सम्पन्न भएका योजना अनुगमन

हसुलिया । कैलालीको कैलारी गाउँपालिकामा विकास निर्माणका सम्पन्न योजनाहरूको गाउँपालिका स्तरीय अनुगमन समुहले अनुगमन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भगवतीकुमारी चौधरी सहित प्राविधिक टोलीले शुक्रबार योजनाहरूको स्थलगत अनुगमन गरेको हो । गाउँपालिका स्तरीय अनुगमन समुहले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट पालिकाका विभिन्न वडामा सञ्चालित निर्माणाधीन योजनाहरूको गुणस्तर भए/नभएको बारेमा अनुगमन गरेको समिति संयोजक भगवतीकुमारी चौधरीले बताए ।


गाउँपालिका स्तरीय अनुगमन समुहले कैलारी गाउँपालिका वडा नम्बर ८ पृथ्वीपुरमा रहेको कर्मशिल महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा स्थापना भएको गारमेन्ट उद्योगको अनुगमन गरेको छ । यसको लागि एक सहकारी एक उद्योग स्थापना गर्नाको लागि कृषि सहकारी कार्यक्रम अन्र्तगत गाउँपालिकाबाट १० लाख र १० लाख सहकारीको बजेटबाट गारमेन्ट उद्योग सञ्चालन भएको छ ।


कैलारी गाउँपालिका–८ कुट्टी टोलमा रहेकोे रामजानकीको धर्मशाला भवन निर्माणको अनुगमन गरिएको छ । गाउँपालिकाबाट धर्मशाला भवन निर्माणको लागि ९ लाख ५० हजार बजेट विनियोजना भएको थियो ।


त्यस्तै अनुगमन समुहले शिवशक्ति आधारभूत विद्यालय बन्दकद्रीको गेट, पर्खाल निर्माणको अनुगमन गरेको छ । विद्यालयको गेट, पर्खाल निर्माणको लागि प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगत क्षेत्र नम्बर ५ बाट १९ लाख ५० हजार बजेट छुटयाइएको समुहका सदस्य सचिव तथा योजना शाखा प्रमुृख सन्तोषकुमार चौधरीले बताए ।


निर्माण भएको योजनाको काम सन्तोषजनक भएको उपाध्यक्ष भगवतीकुमारी चौधरीले बताइन् । अनुगमन टोलीमा समुहका संयोजक भगवतीकुमारी चौधरी, समुहका सदस्य सचिव तथा योजना शाखा प्रमुृख सन्तोषकुमार चौधरी, कृषि शाखा प्रमुख मैयाकुमारी चौधरी, खेमराज चौधरी, प्राविधिक सव–इन्जिनियर निर्मलकुमार चौधरी लगागतको सहभागिता थियो ।