धनगढी, २८ जेठ । कैलाली जिल्लाको गोदावरी नगरपालिका–८ मा रहेको मजगाउँ थारु सामुदायिक होमस्टेको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
होमस्टेकी अध्यक्ष कल्पना चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद माधव थारु, घरबास (होमस्टे) महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिनेश दहित र थारु होमस्टे गाउँ भादाका अध्यक्ष लक्ष्मीनारायण चौधरी विशिष्ट अतिथिका रूपमा रहेका थिए ।
कार्यक्रममा वडा सदस्य हरि चौधरी लगायत विभिन्न सामाजिक, पर्यटन तथा स्थानीय क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साधारण सभाले होमस्टेको वर्तमान गतिविधि, आगामी योजना तथा पर्यटन प्रवद्र्धनका विषयमा छलफल गर्दै विभिन्न निर्णयहरू समेत गरेको आयोजकले जनाएको छ ।