कैलाली । आदिवासी जनजाति चलचित्र महासंघ सुदूरपश्चि प्रदेश समन्वय परिषदको अध्यक्षमा नायक संगत चौधरी चयन भएका छन् ।
धनगढीमा भएको एक कार्यक्रम बीच नायक संगत चौधरी अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा चन्द्र चौधरी (चाँद), श्रीसा राना र हर्क बहादुर घर्तीमगर रहेको छन् । त्यसैगरी महासचिवमा गोविन्द रानाथारु, सचिवमा राजकुमार श्रेष्ठ र जीवन गुरुङ, कोषाध्यक्षमा गोविन्द मुखिया र सहकोषाध्यक्षमा जानकी चौधरी चयन भएका छन् । महासंघका सदस्यहरुलाई पछि मनोनय गरिने गायक राजु चौधरीले जानकारी दिए ।
आदिवासी जनजाति चलचित्र महासंघका केन्द्रीय अध्यक्ष अमृत बहादुर सुनवारको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सदस्य मालामति राना रहेकी थिइन् ।