७ फाल्गुन २०८१, बुधबार February 19, 2025

गौरीगंगाले ल्यायो ९० करोड बढीको बजेट

१० असार २०७९, शुक्रबार
गौरीगंगाले ल्यायो ९० करोड बढीको बजेट

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ९० करोड बढीको बजेट ल्याएको छ ।
शुक्रबार भएको नगरपालिकाको १२औं नगरसभामा नगरउपप्रमुख भोजबहादुर बमले ९० करोड ६४ लाख ७५ हजारको बजेट सावर्जनिक गरेका हुन् । नगर उपप्रमुख बमले प्रस्तुत गरेको बजेटमा संघीय समानीकरण अनुदानमा १७ करोड ७० लाख, संघीय सशर्त अनुदान चालु तर्फ २० करोड ५२ लाख, सशर्त अनुदान पुँजीगत तर्फ ३ करोड १४ लाख, समपुरक अनुदान पुँजीगत ८० लाख र विशेष अनुदानमा ५० लाख रहेको छ ।
त्यसैगरी प्रदेश समानीकरण अनुदान १ करोड ३० लाख १९ हजार, प्रदेश समपुरक अनुदान पुँजीगत ७३ लाख, विशेष अनुदान पुँजीगत २५ लाख रहेको छ । त्यसैगरी मुल्य अभिवृद्धिकर अन्तशुल्कमा १४ करोड ५२ लाख ८२ हजार, वन रोयल्टी २५ लाख, घरजग्गा रजिष्टेशन दस्तुरबाट २ करोड, सवारी साधन कर ८५ लाख ७६ हजार, सामाजिक सुरक्षा तथा संरक्षण भत्ता २२ करोड ५० लाख, आन्तरिक राजस्व ३ करोड ६५ लाख ७० हजार र अल्या रकम १ करोड ८१ लाख २८ हजार रहेको छ ।
नगरप्रमुख देविदत्त कडेलले ‘शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार ः समृद्ध गौरीगंगाको आधार’ भन्ने नारा सहित गौरीगंगा विकास नीति २०७९÷०८० प्रस्तुत गरेका थिए ।