२० मंसिर २०८१, बिहीबार December 5, 2024

घोडाघोडी नगरपालिकाले ल्यायो १ अर्ब १ करोड २३ लाखको बजेट

१० असार २०७९, शुक्रबार
घोडाघोडी नगरपालिकाले ल्यायो १ अर्ब १ करोड २३ लाखको बजेट

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले एक अर्ब एक करोड २३ लाख २९ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १५ औँ नगर सभा तथा आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनीकीकरण कार्यक्रममा नगर उपप्रमुख गुलिया कुमारी चौधरीले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
उक्त बजेटमा संघीय सरकारबाट राजश्व बाँडफाँडमा १७ करोड २५ लाख ६४ हजार, राजश्व बाँडफाँडमा प्रदेश सरकारबाट ५९ लाख ४९ हजार, वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट २० करोड ७० लाख, वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट १ करोड ५४ लाख ३६ हजारको सीमा अनुमान गरिएको छ ।
त्यसैगरी संघीय सरकारबाट प्राप्त समपुर अनुदान ३ करोड ९० लाख, प्रदेश सरकारबाट समपुर अनुदान १ करोड १८ लाख, संघीय सरकारबाट विशेष अनुदान ५ करोड ८५ लाख, प्रदेश सरकारबाट विशेष अनुदान ९५ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान ३५ करोड ७६ लाख र आन्तरिक श्रोतबाट प्राप्त नगद राजश्व १३ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतको सभापतित्वमा भएको कार्यक्रममा सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमर बहादुर साउँद प्रमुख अतिथि रहेका थिए । नगर सभामा घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।