१० चैत्र २०८१, सोमबार March 24, 2025

धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८३ करोड ८९ लाखको बजेट

१० असार २०७९, शुक्रबार
धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८३ करोड ८९ लाखको बजेट

धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । नगर सभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला रानाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट सार्वजनिक गरेकी हुन् ।
१ अर्ब ३ करोड १९ लाख चालुतर्फ र ८० करोड ६९ लाख ५४ हजार पुँजीगततर्फ विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिइन् । चालु वर्षको भन्दा एक करोड ६ लाख ३१ हजार बढाएर बजेट ल्याइएको हो ।
उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँडतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ ।