कैलाली । जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६९ करोड ३० लाख बजेट ल्याएको छ ।
बुधबार भएको गाउँपालिकाको दशौं गाउँसभामा उपाध्यक्ष लालमति कठरियाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि उक्त वजेट ल्याएको बताइन् । गाउँपालिकाले ल्याएको वजेट अन्र्तगत चालु तर्फ ४५ करोड ८४ लाख ५ हजार ५१६ रुपैया र पुँजीगत खर्च तर्फ २३ करोड ५४ लाख ९४ हजार ४८३ रुपैया रहेको छ ।
गाउँपालिकाले आय तर्फ आन्तिरिक स्रोत राजस्व परिचालनबाट ३ करोड ९ लाख ५५ हजार, संघीय सामान्यीकरण अनुदानबाट १५ करोड ८६ लाख, संघीय राजश्व बाँडफाँडबाट १३ करोड ५२ लाख ५१ हजार, संघीय सशर्त अनुदान तर्फ २४ करोड ३० लाख प्राप्त हुने जनाएको छ ।
यसैगरी संघीय समपुरक अनुदानबाट १ करोड ८० लाख, संघीय विशेष अनुदानबाट १ करोड २० लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड १५ लाख ९५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २ करोड ३० लाख ९९ हजार, प्रदेश समपुरक अनुदानबाट ४० लाख र विशेष अनुदान ६५ लाख आय प्राप्त हुने जनाएको छ ।
गाउँपालिकाले व्यय तर्फ आर्थिक विकास तर्फ ४ करोड ३५ लाख २२ हजार १० रुपैया, सामाजिक विकास तर्फ २५ करोड २३ लाख १७ हजार ९९९ रुपैया, पुर्वाधार विकास क्षेत्र तर्फ १९ करोड ५८ लाख ११ हजार ५७५ रुपैया विनियोजन गरेको छ ।
यसैगरी वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ७२ लाख ९९ हजार ९९९ रुपैया, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ १ करोड ५८ लाख ३४ हजार ९ सय ९० रुपैया र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १८ करोड १ लाख ७८ हजार ४२४ रुपैया विनियोजन गरेको छ ।