२७ आश्विन २०८१, आईतवार October 13, 2024

विकास निर्माण योजनाहरूको अनुगमन

७ असार २०७९, मंगलवार
विकास निर्माण योजनाहरूको अनुगमन

हसुलिया । कैलालीको कैलारी गाउँपालिकामा विकास निर्माणका योजनाहरूको गाउँपालिका स्तरीय अनुगमन समुहले अनुगमन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भगवतीकुमारी चौधरी सहित प्राविधिक टोलीले मंगलबार योजनाहरूको स्थलगत अनुगमन गरेको हो । गाउँपालिका स्तरीय अनुगमन समुहले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेटबाट पालिकाका विभिन्न वडामा सञ्चालित निर्माणाधीन योजनाहरूको गुणस्तर भए/नभएको बारेमा अनुगमन गरेको समिति संयोजक भगवतीकुमारी चौधरीले बताइन् ।
गाउँपालिका स्तरीय अनुगमन समुहले कैलारी गाउँपालिका वडा नम्बर ८ दुधिया गाउँमा प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगत १५ लाख ४ हजार बजेटमा भएको सडक स्तरोन्नतीको अनुगमन गरेको छ ।


वडा नम्बर १ बरुवा नालामा बनेको २३ लाख १० हजार १ सय रुपैयामा बनेको कल्भर्टको टोलीले अनुगमन गरेको छ । कल्भर्ट निर्माणको लागि प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगत १८ लाख र गाउँपालिकाको वडा नम्बर १ बाट ५ लाख १० हजार एक सय बजेट छुट्याएको थियो ।
त्यस्तै टोलीले सुर्मी जंगलदेखि वनकट्टासम्म बाटो चौडाई तथा मर्मत योजनाको अनुगमन गरेको छ । त्यसको लागि ५ लाख २२ हजार ७६२ रुपियाँ विनियोजना भएको थियो । वडा नम्बर ८ दुधिया गाउँ हर्खोली जाने बाटो चौडाई तथा मर्मत योजनाको अनुगमन गरिएको छ । बाटो चौडाई तथा मर्मत योजनाको लागि ५ लाख ८८ हजार १०७ रुपिया बजेट विनियोजन भएको थियो ।
कैलारी–२ मा गाउँपालिकाको १५ लाख बजेटमा बनेको जनचेतना सहकारी भवनको अनुगमन गरिएको छ । गाउँपालिका स्तरीय अनुगमन समुहले वडा नम्बर २ रामपुरमा हरियाली क्लव भवनको पनि अनुगमन गरेको छ । यसको लागि प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगत १० लाख बजेट विनियोजना भएको थियो । यी दुवै भवनको लेन्टर नखोलिएको हुदाँ सम्पन्न नभएको समुहका सदस्य सचिव तथा योजना शाखा प्रमुृख सन्तोषकुमार चौधरीले बताए ।
त्यसैगरी वडा नम्बर १ विसनपुर कटानमा अनुगमन गरिएको क्रमागत योजना सामुदायिक भवनको पनि केही काम बाँकी रहेको छ । यसको लागि गत बर्ष ६ लाख र यो बर्ष ११ लाख बजेट विनियोजना भएको छ ।
निर्माण भएको योजनाको केही काम सन्तोषजनक भए पनि केही योजनाहरुको काम स्टीमेट अनुसार नभएको उपाध्यक्ष भगवतीकुमारी चौधरीले बताइन् । पालिकामा सञ्चालित योजनाहरू गाउँपालिकाको बजेट, प्रदेश पूर्वाधार विकास कार्यक्रम बजेट, प्रधानमन्त्री स्वारोगार कार्यक्रम बजेटबाट आम नागरिकका लागि योजनाहरु सञ्चालित भएको उनले बताइन् ।
अनुगमनमा सहभागी योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी केही योजनाको काम प्राविधिक स्टीमेट अनुसार नपाएकोले सुधार गर्न सुझाव दिएको बताए । उहाँले स्टमेट अनुसार केही योजनाहरूको कामलाई बाँकी रहेकाले समयमै काम गर्नको लागि निर्देशन समेत दिएको बताए ।
अनुगमन समुहमा पूर्वाधार विकास समिति संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर चौधरी, अनुगमन समुहका सदस्य सुनिला चौधरी, प्राविधिक विशेष चौधरी, संजय कठरिया लगागतको सहभागिता थियो ।