२६ आश्विन २०८१, शनिबार October 12, 2024

माछा पोखरीको अनुगमन

५ असार २०७९, आईतवार
माछा पोखरीको अनुगमन

हसुलिया । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ र ७ मा रहेको माछा पोखरीको अनुगमन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भगवतीकुमारी चौधरी सहित प्राविधिक टोलीले माछापालन योजनाहरूको स्थलगत अनुगमन गरेको हो । गाउँपालिका स्तरीय अनुगमन समुहले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट पालिकाका वडा नम्बर ५ र ७ मा सञ्चालित निर्माण भएको माछा पालन पोखरीको गुणस्तर भएनभएको बारेमा अनुगमन गरिएको छ ।
केही निर्माणाधीन योजनाको काम सन्तोषजनक भए पनि केही पोखरीको काम सुधार गर्नुपर्ने उपाध्यक्ष भगवतीकुमारी चौधरीले बताइन् । अनुगमनमा सहभागी पशु शाखाका पशु चिकित्सक सूर्य प्रसाद चौधरी स्टेटमेन्ट अनुसार काम भएको तर धेरै जसो पोखरी दर्ता नभएको दर्ता गर्न सुझाव दिएको बताए ।
गाउँपालिका स्तरीय अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भगवतीकुमारी चौधरी, आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ अध्यक्ष विष्णु प्रसाद चौधरी, भौतिक पूर्वाधार विकास समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर चौधरी, पशु शाखाका पशु चिकित्सक सूर्य प्रसाद चौधरी, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, अनुगमन समिति सदस्य सुनिला चौधरी, दिपेन्द्र चौधरी लगायतले अनुगमन गरेका थिए ।