१ जेष्ठ २०८२, बुधबार May 14, 2025

तीन तहको सम्बन्ध प्रगाढ बनाउन आवश्यक : मुख्यमन्त्री शाह

२५ बैशाख २०८२, बिहीबार
तीन तहको सम्बन्ध प्रगाढ बनाउन आवश्यक : मुख्यमन्त्री शाह

धनगढी, २५ बैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको बताएका छन् ।
बिहिबार प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानिय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा वजेट सम्बन्धी छलफल कार्यक्रमको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘तीन तहको सरकारले एकअर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको छ’, मुख्यमन्त्री शाहले भने, ‘अर्काको अस्तित्व स्वीकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्छ ।’


‘बजेट निर्माणमा सधैँ हामीले त्रुटि गरिरहने र जनताले सधैँ गुनासो गरिरहने परिपाटीलाई पटक पटक दोहोर्याउने हो, भने संघीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ’, मुख्यमन्त्री शाहले भने, ‘सही रुपमा परिचालन हुने हिसाबले बजेट निर्माण गर्नुपर्दछ ।’
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कार्यसूची प्रस्तुती सहित स्वागत मन्तव्य राखेकी थिइन् ।अन्तरक्रिया कार्यक्रममा विभागिय मन्त्री, विषयगत समिति सभापति, प्रदेशसभा सदस्य, मुख्यसचिब, विभागिय सचिव र सुदूरपश्चिमका सबै पालिका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।