१७ जेष्ठ २०८३, आईतवार May 31, 2026

मुख्यमन्त्री शाह र उत्तराखण्ड प्रदेशका मन्त्रीबिच भेटघाट

२० बैशाख २०८२, शनिबार
मुख्यमन्त्री शाह र उत्तराखण्ड प्रदेशका मन्त्रीबिच भेटघाट

धनगढी, २० बैशाख । भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार भारतको उत्तराखण्ड प्रदेशका तीनजना विभागिय मन्त्रीहरुसँग भेटघाट गरेका छन् ।


मुख्यमन्त्री शाहले बन मन्त्री सुवोद उनियाल, पर्यटन मन्त्री सतपाल महाराज र कृषि मन्त्री गणेश जोशिसँग छुट्टा छुट्टै भेटघाट गरेका हुन् । भेटमा बन तथा पर्यटन प्रबद्र्धन र आधुनिक कृषि खेतीका विषयमा कुराकानी भएको छ । पर्यटन प्रबद्र्धनले रोगारीको सिर्जना र विदेशी मुद्रा आर्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको थियो ।

विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पर्यटन प्रबद्र्धनले महत्वपूर्ण योगदान दिनसक्ने कुरामा छलफल भएको थियो । पर्यटन मन्त्री सतपालसँग मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, आध्यात्मिक टुरिजम, ओएलनेस टुरिजमको विषयमा छलफल गरेका थिए ।


नेपालमा भौगोलिक अवस्था र मौसम अनुसारको कृषि खेती गर्ने र आधुनिक तरिकाले उत्पादन गरिएको बस्तुलाई बजारिकरणमा जोड दिनुपर्ने कृषि मन्त्री जोशी र मुख्यमन्त्रीबीच कुराकानी भएको थियो । सोही अनुसारको बीउ, विजन र प्राविधिक सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो । भेटमा नेचुरल फार्मिङ, ओर्गानिक फार्मिङ्ग उत्पादनका बिषयमा कुराकानी भएको थियो ।