९ जेष्ठ २०८१, बुधबार May 22, 2024

भजनीका कृषकलाई कृषि यन्त्र हस्तान्तरण

१६ जेष्ठ २०७९, सोमबार
भजनीका कृषकलाई कृषि यन्त्र हस्तान्तरण

कैलाली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कैलालीले भजनीका कृषकलाई कृषि यन्त्र हस्तान्तरण गरेको छ ।
भजनी नगरपालिका वडा नम्बर ८ का कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि भजनी नगरपालिकाका निवर्तमान नगरप्रमुख शेर बहादुर चौधरी, विशिष्ट अतिथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अधिकृत कलश चौधरी र वडाअध्यक्ष पंकज चौधरी अतिथी रहेका थिए ।
कृषकलाई टेलिपावर, इलेक्ट्रिक मोटर, बोरिङ र इस्प्रे ट्यांकी बितरण गरिएको हो ।